काठमाडौं । आउँदो माघ २६ गतेदेखि इमर्जिङ्ग नेपालले आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कान गर्न लागेको कुल ५ लाख ५५ हजार कित्तामध्ये ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ भने सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने कम्पनील्े जनाएको छ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।