अब केही दिनमै आउँदै छन् यी कम्पनीहरूको आइपीओ

काठमाडौं – गत बुधबार नेपाल धितोपत्र बोर्डले विगत ५ महिनादेखि रोकिएको आइपीओ निष्कासन अनुमति दिने फाइल अघि बढायो ।

एकै पटक ५ कम्पनीहरूको शेयर निष्कासन अनुमति समेत दियो । यो सँगै ती कम्पनीहरुले यो हप्ता आइपीओ निष्कासन गर्ने तयारी गरेका छन् । कम्तीमा पनि यो शुक्रबार १ कम्पनीले आइपीओ निष्कासन गर्न सक्ने अनुमान गरिएको छ ।

यो हप्ता पनि बाकी कम्पनीहरुले आइपीओ निष्कासनको अनुमति पाउने र संख्या बढ्दै जाने भएको हुँदा क्रमस आवेदन खोल्दै जानु पर्ने हुन्छ । बोर्डमा ७ अर्ब हाराहारीको २५ भन्दा धेरै कम्पनीको आइपीओ निष्कासनको लागि पाइपलाइनमा छन् ।

बोर्डमा प्रमुख नहुँदा आइपीओ निष्कासन प्रभावित भएको थियो ।

अनुमति पाउने कम्पनीहरुलाई बलेफी हाइड्रोपावरलाई ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेन्चरलाई ६२ लाख ५० हजार कित्ता, नेष्डो समृद्धि लघुवित्तलाई ८ लाख २८ हजार ७५० कित्ता, जाल्पा सामुदायिक लघुवित्तलाई ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तलाई, ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपाललाई ५ लाख ५५ हजार ६०० कित्ता सेयर आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।

जसमा बलेफी हाइड्रोपावरको आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल, ग्रिन भेन्चरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट, नेष्डो समृद्धिको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, जाल्पा सामुदायिक लघुवित्तको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल,

राष्ट्र उत्थान लघुवित्तको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल र इमर्जिङ नेपालको आइपीओमा बिक्री प्रबन्धकको रुपमा एनआइसी एसिया क्यापिटल चयन भएका छन् । – आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय