Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the nepse domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nabakhab/public_html/wp-includes/functions.php on line 6114
विकास बैंकको नाफामा उछाल,कुन बैंकको नाफा सबैभन्दा धेरै ? | Naba Khabar
विकास बैंकको नाफामा उछाल,कुन बैंकको नाफा सबैभन्दा धेरै ?

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरु चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा हाल विभिन्न १० वटा विकास बैंकले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म सांग्रिला, मुक्तिनाथ, गरिमा, महालक्ष्मी, शाईन रेसुंगा, ज्योति, कामना सेवा, मितेरी, सिन्धु र लुम्बिनी विकास बैंकले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

जसमा मुक्तिनाथ विकास बैंकको नाफा घटेपनि सबैभन्दा बढि नाफा आर्जन गर्ने बैंक बनेको छ । त्यस्तै, लुम्बिनी विकास बैंक, सांग्रिला विकास बैंक र महालक्ष्मी विकास बैंकको नाफा पनि बढेको छ ।

राष्ट्रियस्तरका विकास बैंकहरूले ६ महिनामा ३ अर्ब २० करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ४६ करोड २२ लाख रुपैयाँले बढीनाफा आर्जन गरेका हुन् ।

कामना सेवा विकास बैंकको ११.८९ प्रतिशत र मुक्तिनाथ विकास बैंकको २.१४ प्रतिशत नाफा घटेको छ । तर पनि बैंककोहरुको नाफामा उल्लेख्य रुपमा बृद्धि भएको हो ।

प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा सांग्रिला डेभलपमेन्ट बैंकको ५८.८६ प्रतिशत बढेको छ । यता रकमका आधारमा सर्वाधिक नाफा मुक्तिनाथ विकास बैंकको ६० करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ ।

राष्ट्रियस्तर, बाहेकका सिन्धु विकास बैंकको नाफा ३ करोड ५५ लाख रुपैयाँ र मितेरीको ६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।- आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर