कस्तो रहला तपाँईको यो साता, हेर्नुहोस् साप्ताहिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )- यो सातामा स्वादिष्ट भोजनको आनन्द पाइएला । टाढिएका मित्रसँग नजिकिने समय छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ ।

वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । मध्य सातामा झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यो साताका लागि शुभ अङ्क १,२ र शुभ रङ्ग पर्पल वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )– यो साता शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा सफलता मिल्नसक्छ । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग खैरो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) – यो हप्तामा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्राविधिक क्षेत्रमा रुचि बढ्ने र वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

शेयर बजारको लगानी नोक्सानी बढ्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) – यो साता मित्रताको बन्धन कसिने समय छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । सफल यात्रा र नजिकको मित्रसँग भेटघाट हुनेछ , तर स्वास्थय मापदण्डको पालना गर्नु पर्छ । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) – यो हप्तामा रमणीय र सुखद् यात्राको योग छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ । शत्रु क्षय होलान्, तर नाक तथा घाँटीमा समस्या बढ्न सक्छ अत: स्वास्थ्य प्रति सजगता हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) – यो साता गरेको काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

साताको अन्त्यमा परिवारमा जमघट वा कुनै धार्मिक कार्य सम्पन्न हुनेछ । दैनिक कामहरू अगाडि बढ्न थाल्दछ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले राम्रो हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) – यो साता घुमफिर, मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ , तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग पहेँलो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) – लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) – यो साता धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख पनि मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ र घरायसी झमेलामा परिएला । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरी कार्य गर्नाले सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) – यो साता स्वास्थ्यमा समस्या बढ्न सक्छ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । पुँजी बजारमा लगानी गर्नु पनि उपयुक्त नहोला । मध्य सातामा साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

उपहार पाइने सम्भावना पनि छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )– यो सातामा मन पर्ने वस्त्र, अलंकार आदि पाइने योग छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । अध्ययन – अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ । यो साताका लागि शुभ अङ्क ६ र शुभ रङ्ग कालो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) – यो सातामा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसंग पनि मेलमिलाप हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

प्रेममा सफलतापनि पाईनेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय