दुई दर्जन बैंकको नाफा सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौं–बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको नाफा धमाधम सार्वजनिक गरेका छन् ।

करिव दुई दर्जन बैंकले नाफा सार्वजनिक गरेका छन् । चालु आवको पुस मसान्तसम्मको तथ्यांक अनुसार नाफा ११ प्रतिशत मात्रै देखिएको छ । यसमा सबैभन्दा बढी नाफामा सुधार गर्नेमा सिभिल बैंक देखिएको छ ।

नेपाल बैंक, एभरेष्ट बैंक, एनएमबि, हिमालयन र सनराइज बैंकले विवरण सार्वजनिक गर्न बाँकी रहेको छ।

२२ बैंकले कुल २९ अर्ब ९० करोड रुपैयाँ नाफा गरेका छन्। गत बर्ष यस्तो नाफा २६ अर्ब ७६ करोड रुपैयाँ थियो ।

सिभिल बैंकले १४८.४७ प्रतिशतले नाफा गरेको छ । धेरै नाफा कमाउनेमा ग्लोबल आईएमइ बैंक बनेको छ। त्यस्तै नाफा प्रतिशतमा धेरै सुधार गर्नेमा सिद्धार्थ बैंकले ७१.६८ प्रतिशतले नाफा बढाएको छ। सेञ्चुरी बैंकले ५४.७७ प्रतिशत र नेपाल एसबीआइ बैंकले ५२.०४ प्रतिशतले नाफा बढाएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४९.३६ प्रतिशत, एनसीसी बैंकले ४६.६७ प्रतिशत, सिटिजन्स बैंकले ४१.६१ प्रतिशत, माछापुच्छ्रे बैंकले २५.९२ प्रतिशत, एनआईसी एसिया बैंकले १६.४७ प्रतिशत र ग्लोबल आइएमइ बैंकले १५.०४ प्रतिशतले नाफा बढाएका छन्।

दुई अर्व भन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई, एनआईसी एसिया र नबिल बैंक रहेका छन्।

त्यस्तै एक अर्ब भन्दा बढी नाफा कमाउनेमा मेगा बैंक एक अर्ब ४० करोड, प्रभु बैंक एक अर्ब २६ करोड, सिटिजन्स बैंकले एक अर्ब २४ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक एक अर्ब ८ करोड, सानिमा बैंक एक अर्ब ७ करोड र माछापुच्छ्रे बैंक एक अर्ब एक करोड नाफा गरेको छ । – आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय