नबिल बैंकले कमायो २ अर्ब १८ करोड नाफा, कस्तो वित्तीय अवस्था ?

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

शुक्रबार बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफामा सामान्य सुधार देखिएको छ ।चालु आवको पुस मसान्तसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२० प्रतिशतले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकले २ अर्ब १ करोड ६० लाख २३ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा बैंकले ४ अर्ब २१ करोड ९६ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ३५.१३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैकको उक्त आम्दानी ३ अर्ब १२ करोड २६ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको संचालन मुनाफा ३ अर्ब ११ करोेड ५३ लाख ८९ हजार रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ४५ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा बैंकले २ खर्ब ३२ अर्ब ५५ करोड ४७ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन र २ खर्ब १५ अर्ब २० करोड ६१ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १५ अर्ब ५८ करोड ८६ लाख ११ हजार रुपैयाँ राखेको छ ।

यस्तै, बैंकको खराब कर्जा १.११ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५९ पैसा, प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा रहेको छ ।- अर्थतन्त्र डटकमको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय