८३ हजार सेयर बिक्री गर्दै छिमेक लघुवित्त, प्रतिकित्ताको मूल्य कति ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको छ ।

कम्पनीले तीन जना संस्थापक सेयधनीहरुका नाममा रहेको ८३ हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको हो । एक सूचना निकाल्दै कम्पनीले संस्थापक सेयरधनी उदय राज खतिवडा, ज्ञानेन्द्र राज पाण्डे र कृष्ण राज पन्तको नाममा रहेका उक्त सेयर लिलामी ल्याएको जानकारी दिएको छ ।

उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन । आवेदन आजैका मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय मध्य बानेश्वर, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८ सय रुपैयाँ तोकिएको छ । बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्ने सूचनामा उल्लेख छ।

तोकिएको अवधिभित्र सेयर खरिदका लािग लागि विद्यमान संस्थापकहरुले आवेदन नदिएमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई बिक्री गर्ने प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ । – अर्थतन्त्र डट कमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय