यी ७ कम्पनीका लगानीकर्ताहरु मालामाल

काठमाडौं । बुधवार दुई बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्ल्य १० प्रतिशतले वृद्धि भएको हो ।

साताको चौथो कारोबार दिन निफ्राको सेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य ३७२ रुपैयाँ ९० पैसा कायम भएको छ ।

यस्तै, उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँले वृद्धि भएको छ । आज बैंकको सेयर मूल्य ६०५ रुपैयाँ २० पैसा कायम भएको छ ।

उक्त दिन नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ५७ रुपैयाँले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य ६२७ रुपैयाँ ९० पैसा कायम भएको छ ।

त्यसैगरि आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३१ रुपैयाँ ३० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ३४४ रुपैयाँ ८० पैसा कायम भएको छ ।

यी कम्पनीहरुसहित आज नेपाल इन्भेष्टमेन्ट बैंक डिवेन्चर २०८२, पञ्चकन्या माई हाइड्रोपावर, सामलिङ पावर, मैलुङ खोला जलविद्युत कम्पनी, हाइड्रोइलेक्ट्रिसीटी एण्ड डेभलपमेन्ट (एचआईडीसीएल) लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय