फेरि उच्च दरमा बढ्यो निफ्राको सेयर मूल्य: आज प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । मंगलबार बैंकको सेयर मूल्य ६.६० प्रतिशतले वृद्धि भएको हो ।

साताको तेस्रो कारोबार दिन बैंकको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँले वृद्धि भई ३३९ रुपैयाँ कायम भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ७ करोड १३ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको आज २ लाख १७ हजार ९४७ कित्ता सेयर किनबेच भएको हो ।

यो पनि पढ्नुहोस्-जानकी फाइनान्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । जानकी फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २७ गते दिउँसो साढे ३ बजे बसेको संचालक समितिको बैठकले १५.७८९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको साधारण सभाले पारित भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय