१० हजार ५ सय कित्ता सेयर बिक्री गर्दै सांग्रिला डेभलपमेन्ट बैंक, कति छ मूल्य ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनी कुमार मल्लको नाममा रहेको १० हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको बिक्री मूल्य भने उल्लेख छैन ।

उक्त सेयर खरिद गर्न इच्छुक योग्य बैंकका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले आजैका मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनीहरुले आवश्यक कागज प्रमाण संलग्न गरि बैंकको केन्द्रीय कार्यालय बालुवाटरमा के कति कित्ता सेयर लिने हो व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुको आवेदन नपरेको खण्डमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई बिक्री गर्ने आवश्यक कारबाही अघि बढाईने बैंकले जनाएको छ ।

यो पनि पढ्नुहोस-  काठमाडौं । मध्ये भोटकोशी जलविद्युतसहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

यो समाचार तयार गर्ने बेलासम्म मध्ये भोटेकोशीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता १७ रुपैयाँ ७० पैसाले वृद्धि भएको हो ।योसंगै कम्पनीको सेयर मूल्य१९४ रुपैयाँ ८० पैसा कायम भएको छ ।

यस्तै, यतिबेला फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.०२ प्रतिशत अर्थात प्रतिकित्ता ७४ रुपैयाँ ९० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ९०४ रुपैयाँ ९० पैसा कायम भएको छ ।

त्यसैगरि यो समाचार तयार गर्ने बेलासम्म आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२३ प्रतिशत अर्थात प्रतिकित्ता १०७ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ४०९ रुपैयाँ १० पैसा कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय