काठमाण्डौ । साताको पहिलो दिन बजार मापक सूचक नेप्से ७१ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २५९१ विन्दुमा पुगेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेर ५ अर्व माथि पुगेको छ । आज नेप्सेका अधिकांस उपसूचकहरुमा हरियाली छाए पनि जलविद्युत र फाइनान्स उपसूचक घटेको छ । आज दिनै भरिमा २३१ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ जसमा १३२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको शेयर मूल्य घटेको छ ।
आज एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेको छ भने एक दर्जन हाराहारी कम्पनीको सर्किट लेवलमा कारोबार भएको छ । आज मूल्य बढ्नेमा अधिकांस वीमा समूहका कम्पनीहरु रहेका छन । यो उपसूचक १३ भन्दा धेरैले बढेको छ ।
यो पनि पढ्नुहोस् – काठमाडौं । आधा दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यतिबेला नेशनल लाइफसहित ६ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
यो समाचार तयार गर्दासम्म नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ८६ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो ।योसंगै कम्पनीको सेयर मूल्य ९५१ रुपैयाँ ५० पैसा कायम भएको छ ।
यस्तै, यतिबेला नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता १३९ रुपैयाँ ४० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ५३३ रुपैयाँ ४० पैसा पुगेको छ ।
यतिबेला लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ६४ रुपैयाँ ७० पैसा, प्राइम लाइफ इन्स्योरेन्सको प्रतिकित्ता ६३ रुपैयाँ ७० पैसा, गुराँस लाइफको ५२ रुपैयाँ ३० पैसा र मध्येभोटे कोशीको प्रतिकित्ता १० रुपैयाँले वृद्धि भएको छ ।