६ कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

काठमाडौं । आधा दर्जन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यतिबेला नेशनल लाइफसहित ६ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

यो समाचार तयार गर्दासम्म नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ८६ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो ।योसंगै कम्पनीको सेयर मूल्य ९५१ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै, यतिबेला नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता १३९ रुपैयाँ ४० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ५३३ रुपैयाँ ४० पैसा पुगेको छ ।

यतिबेला लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ६४ रुपैयाँ ७० पैसा, प्राइम लाइफ इन्स्योरेन्सको प्रतिकित्ता ६३ रुपैयाँ ७० पैसा, गुराँस लाइफको ५२ रुपैयाँ ३० पैसा र मध्येभोटे कोशीको प्रतिकित्ता १० रुपैयाँले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय