तीन कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति पुग्यो ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन ग्रीन डेभलपमेन्ट बैंकसहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

उक्त दिन ग्रीन डेभलपमेन्टको सेयर मूल्यमा सकरात्मक सर्किट अर्थात १० प्रतिशतले वृद्धि भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ३१ रुपैयाँले वृद्धि भई ३४१ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज जानकी फाइनान्सको सेयर मूल्य ९.८१ प्रतिशत अर्थात प्रतिकित्ता ५१ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ५७१ रुपैयाँ कायम भएको छ ।

उक्त दिन रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.२१ प्रतिशत अर्थात प्रतिकित्ता २९ रुपैयाँ ६० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ज३५१ रुपैयाँ १० पैसा कायम भएको छ ।

यो पनि पध्नुहोस- काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार ५६.७३ अंकले वृद्धि भएको हो ।

२.४१ प्रतिशत बजार वृद्धि भएको उक्त दिन परिसुचक २४१५.५५ अंकमा पुगेर बन्द भएको छ । उक्त दिन सबै समूहहरु हरियाली देखिएका छन् ।

आज कारोबार रकम भने घटेको छ । मंगलबार २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

उक्त दिन सबैभन्दा बढी हिमालयन डिस्टीलरीको १४ करोड ५८ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको १४ करोड १८ लाख ४ हजार रुपैयाँ बरारबको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, उक्त दिन नेपाल दुरसंचार कम्पनी(एनटीसी)को १० करोड ३९ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय