यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि हुने र कमाउने कम्पनीहरु, कसले कति ?

काठमाडौं । साताको चौथो कारोबार दिन विभिन्न ६ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

उक्त दिन सामलिङ हाइड्रोपावरसहित ६ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।आज सामालिङ हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ४० रुपैयाँ ३० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ४४४ रुपैयाँ कायम भएको छ ।

उक्त दिन दिव्यश्वरी र आँखुखोला जलविद्युत कम्पनीको सेय मूल्य पनि ७ प्रतिशत भन्दा बढीले अर्थात प्रतिकित्ता क्रमशः २० रुपैयाँ ८० पैसा र २० रुपैयाँले वृद्धि भएको हो ।

यस्तै, आज आइसीएफसी फाइनान्सको सेयर मूल्य ६.६१ प्रतिशत अर्थात प्रतिकित्ता ३८ रुपैयाँ ३० पैसा, बेष्ट फाइनान्सको ६.५३ प्रतिशत र मल्टीपर्पस फाइनान्सको सेयर मूल्य ६.१५ प्रतिशतले वृद्धि भएको छ ।

उक्त दिन यी कम्पनीहरुसहित बुटवल पावर, नेपाल हाइड्रो, विशाल बजार कम्पनी, मानुषी लघुवित्त, युनियन हाइड्रोपावर, पोखरा फाइनान्स, लक्ष्मी इक्विटी फण्ड, गोर्खाज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय