अब कहिले आउला नायाँ आइपीओ ?

काठमाडौं – शेयर बजार सुस्ताएको बेला आइपीओ निष्कासन गर्ने कम्पनीहरु भने बढेका छन् ।

करिब ७ अर्बको आइपीओ निष्कासनको पाइप लाइनमा रहेका छन् । यस्तै सुपरमाई हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।

यी दुई कम्पनीको गरी कुल ४६ लाख ५० हजार कित्ता आइपीओ आउने भएको छ ।

जसमा सुपरमाई हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि १० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धकको सानिमा क्यापिटलले गर्नेछ । यस्तै, सान्जेन जलविद्युत कम्पनीले पनि आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावितको लागि ३६ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

यो पनि पढ्नुहोस् -काठमाण्डौं–शेयर बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । नेपाली समाजमा शेयर कारोबार गर्नेको संख्या दिनानुदिन बढिरहेको छ

।विद्यार्थी, बेरोजगार, रोजगार गर्नेदेखि, व्यवसायीदेखि गृहिणीसम्मले शेयर कारोबार गर्दै आएका छन् । शेयर बजारमा लगानी गर्दा धेरै कुरा ध्यानदिनुपर्छ । बजारको विश्लेषण नगरी लगानी गर्दा डुब्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

शेयर बजारबाट मनग्य आम्दानी कमाउनेहरु पनि धेरै छन् । शेयर बजारमा प्रवेश गरेर कारोबार गर्दा धेरै कुरा ध्यान दिनुपर्छ ।थौरै लगानी गरेर धेरै आम्दानी गर्नका लागि शेयरका आधारभूत पक्षलाई ध्यान दिनुपर्छ ।

शेयर बजारमा ध्यान दिनुपर्ने ६ विषयलाई यहाँ प्रस्तुत गरिएको छ ।

१. मूल्य होइन भ्याल्यू हेर्नुपर्छ कहिल्यै पनि सेयरमा पैसा लगानी गर्दा पहिलो यो नहेर्नु कि यसको मूल्य धेरै छ र त राम्रो आम्दानी हुन्छ।

कतिपय अवस्थामा ५० बाट १०० रुपैयाँ बीचको मूल्य भएको सेयर नै पछि मूल्यवान बन्न सक्छ, यदि त्यो कम्पनीको प्रदर्शन राम्रो रह्यो भने। भारतका दिग्गज लगानीकर्ता राकेश झुनझुनवाला कुनै पनि सेयरमा

लगानी गर्नुअघि त्यो कम्पनीको प्रदर्शन हेर्न आवश्यक रहेको बताउँछन्। कम्पनीको प्रदर्शन राम्रो छ भने बजारमा उतारचढाव आउँदा पनि समस्या हुँदैन।

२. लाभांश दिने कम्पनीमा भरोसा सेयर बजारमा लगानी गर्नुअघि कुन कम्पनीले नियमित लाभांश दिइरहेको छ बुझ्न आवश्यक छ। यदि कुनै कम्पनीले नियमित रुपमा लाभांश दिइरहेको छ भने यसको मतलब यो हो कि त्यो कम्पनीसँग क्यासको

कुनै कमी छैन। क्यास सरप्लस भएको कम्पनीको प्रदर्शन पनि राम्रो हुन्छ। यस्तोमा यी कम्पनीको सेयरबाट तपाइँले आफ्नो लगानी तीव्रगतिमा बढाउन सक्ने सम्भावना बढी हुन्छ।

३. समयको प्रतीक्षा नगर्नुहोस् दिग्गज लगानीकर्ता वारेन बफेट सेयर बजारमा लगानीका लागि हरेक बेला सही समय हुने बताउँछन्। त्यसैले लगानीका लागि सही बेलाको प्रतीक्षा गर्नुपर्दैन। यदि कुनै राम्रो कम्पनीको सेयर अनुकूल मूल्यमा छ भने लगानी सुरु गर्नुपर्छ।

४.बजारको चाल हेर्नुहोस सेयर बजारमा गिरावट आएको भए पनि पर्वाह गर्नुहुँदैन। आमलगानीकर्ता सही समयको पर्खाइमा लगानी गर्ने सोच बनाउँदैनन्। त्यही समय बित्छ तब बजारको चाल हेरेर उचाइमा पुगेको सेयर बजारमा लगानी गर्छन्, अनि घाटा उठाउँछन्।

५. अरुलाई हेरेर लगानी नगर्नु यदि कोही यो कारणले सेयर बजारमा लगानी लगाइरहेका छन् कि अन्यले यसमा पैसा लगाइरहेका छन् भने घाटा हुन सक्छ। सेयर बजारमा सफल हुनलाई अरुलाई पछ्याउनु हुँदैन। वारेन बफेटका अनुसार जब अरु लालचमा आइरहेका छन्

भने तपाइँ सतर्क हुनुहोस्। अनि जब अरु सतर्कता अपनाउने कोसिस गरिरहेका छन् भने तपाइँ कमाउनेबारेमा सोच्नुहोस्।

६. कम कर्जा भएको कम्पनीको सेयरमा लगानी सेयरमा लगानी गर्नुअघि कुनै पनि कम्पनीको कर्जा कति छ भने बुझ्न आवश्यक हुन्छ।

किनकि कम कर्जा भएको कम्पनीको क्यासलाई लिएर दबाब हुँदैन। यस्तो यी कम्पनीमा गरिएको लगानी डुब्ने सम्भावना ज्यादै कम हुन्छ। – एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय