दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि, प्रतिकित्ता कुनको कति पुग्यो ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

उक्त दिन समृद्धि फाइनान्स र सामलिङ पावर कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो । आज समृद्धि फाइनान्सको सेयर मूल्य ९.२७ प्रतिशत अर्थात प्रतिकित्ता ४८ रुपैयाँ २० पैसाले वृद्धि भएको हो ।

योसंगै कम्पनीको सेयर मूल्य ५६८ रुपैयाँ २० पैसा कायम भएको छ । यस्तै, काराबोरमा आएको पहिलो दिन सामलिङ पावरको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

आज कम्पनीको सेयर मूल्य ८.१७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँ २० पैसाले वृद्धि भई ३२० रुपैयाँ ५० पैसा कायम भएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । काराबोरमा आएको पहिलो दिन सामलिङ पावरको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो । आज कम्पनीको सेयर मूल्य ८.१७ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँ २० पैसाले वृद्धि भई ३२० रुपैयाँ ५० पैसा कायम भएको छ ।कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१६ रुपैयाँ ३० पैसामा कारोबार सुरु भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९८ रुपैयाँदेखि २१६ रुपैयाँ ३१ पैसा रुपैयाँ तोकेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार पहिलो कारोबार दिन कम्पनीको १७ हजार ५३९ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । उक्त दिन कम्पनीको ५७ कित्ता मात्रै सेयर किनबेच भएको हो ।

यो पनि पढ्नुहोस् -काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिचुक ३.२२ अंकले घटेर बजार बन्द भएको छ । दिनेभरि प्राय हरियाली रहेको बजार बन्द हुने बेलामा भने एक्काएक घटेको थियो ।

मध्य दिनपछि लगानीकर्ताहरु बैंक क्षेत्रमा झुम्मिएका थिए । आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ । आज ३ अर्व ७८ करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ ।

२३३ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ६१ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ ।

त्यस्तै बाँकी कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

नेपाल टेलिकमको शेयर सबै भन्दा धेरै मूल्यको खरिद विक्री हुँदा समृद्धी फाइनान्सको शेयर मूल्य धेरै अंकले बढेको छ । बैक तथा होटल समूह बाहेक अन्य सबै उपसूचकहरुमा आज रातो पोतिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय