दिनैभरि हरियाली भएको बजार बन्द हुने बेलामा घट्यो

काठमाण्डौ । साताको अन्तिम दिन नेप्से परिचुक ३.२२ अंकले घटेर बजार बन्द भएको छ । दिनेभरि प्राय हरियाली रहेको बजार बन्द हुने बेलामा भने एक्काएक घटेको थियो ।

मध्य दिनपछि लगानीकर्ताहरु बैंक क्षेत्रमा झुम्मिएका थिए । आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ । आज ३ अर्व ७८ करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ ।

२३३ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ६१ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ ।

त्यस्तै बाँकी कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

नेपाल टेलिकमको शेयर सबै भन्दा धेरै मूल्यको खरिद विक्री हुँदा समृद्धी फाइनान्सको शेयर मूल्य धेरै अंकले बढेको छ । बैक तथा होटल समूह बाहेक अन्य सबै उपसूचकहरुमा आज रातो पोतिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय