फेरि बढ्यो निफ्राको सेयर मूल्य, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर मूल्यमा सामान्य बढोत्तरी आएको छ ।

साताको चौथो कारोबार दिन बैंकको सेयर मूल्य १.४२ प्रतिशतले वृद्धि भएको हो ।उक्त दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँले मात्र वृद्धि भएको छ । योसंगै बैंकको सेयर मूल्य आज ३५८ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ७ करोड २८ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बैंकको २ लाख ४ हजार ८५२ कित्ता सेयर खरिदबिक्री भएको हो ।

यो पनि पढ्नुहोस् – काठमाडौं – नेपालमा आइपीओ निष्काशनको लाइनमा धेरै कम्पनीहरु रहेका छन् यसै क्रममा नयाँ कम्पनीको शेयर निष्काशनको लागि सेबोनमा निवेदन दिएको छ ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ अनुमति मागेको हो । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत कात्तिक १४ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) आवेदन दिएको हो।

कम्पनीले १७ करोड ६४ लाख ११ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।

सेबोनबाट अनुमति पाएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६४ हजार ११० कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

मन्दाकिनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय