सामलिङ्ग पावरको आईपीओ नेप्सेमा सूचिकृत,कतिमा होला पहिलो कारोबार ?

काठमाण्डौ । केहि समय पहिला प्राथमिक शेयर निष्कासन गरेको सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ ।

योसँगै भोलीबाट दोस्रो बजारमा कारोबार हुने निश्चित भएको छ । स्टकका अनुसार कम्पनीको ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९८ रूपैयाँ ७७ पैसादेखि अधिकतम २ सय ९६ रुपैयाँ ३१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर

कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

यो पनि पढ्नुहोस् – काठमाडौं – नेपालमा आइपीओ निष्काशनको लाइनमा धेरै कम्पनीहरु रहेका छन् यसै क्रममा नयाँ कम्पनीको शेयर निष्काशनको लागि सेबोनमा निवेदन दिएको छ ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ अनुमति मागेको हो । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत कात्तिक १४ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) आवेदन दिएको हो।

कम्पनीले १७ करोड ६४ लाख ११ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।

सेबोनबाट अनुमति पाएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६४ हजार ११० कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

मन्दाकिनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय