प्राइम र प्रभु बैंक शेयर विक्रीमा,कस्ले दिन पाँउछ आवेदन ?

\काठमाण्डौ । प्राईम बैंक र प्रभु बैंकको संस्थापक शेयर विक्री खुल्ला गरिएको छ ।

सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले शुक्रबारदेखि आफ्नो स्वामित्वमा रहेको प्राइम बैंकको ६६ हजार ६७५ कित्ता र प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने गर्ने भएको हो ।

योसँगै कम्पनीले आफ्नै स्वामित्वमा रहेको नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता सेयर समेत लिलाम गर्ने भएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २२५ रुपैयाँमा प्राइम बैंक, २०५ रुपैयाँमा प्रभु बैक र ३५० रुपैयाँका दरले ग्रामीण विकास लघुवित्तको सेयर न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसमा मंसिर १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सबै कम्पनीको सेयरमा न्यूनतम २ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।

लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।- श्रोत आर्थिक सन्देश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय