लगानिकर्ताहरुका लागि फेरि आयो खुसिको खबर, आउँदैछ ३१ लाख ५० हजार कित्ताको नयाँ आईपीओ

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो ।

आईपीओ निष्कासन तथा बिक्रीका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।उक्त नियुक्तिसम्बन्धी सम्झौता आइतबार भएको हो । सम्झौतामा सुपर मादी हाइड्रोपावरका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगाना तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले सेयर निष्कासनको अनुमतिका लागि विद्युत नियमन आयोगमा निवेदन पेस गरिसकेको छ ।

यो पनि पढ।नुहोस् -काठमाडौं– बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी अभाव छ । यसले बैंकहरु निक्षेपको ब्याज बढाउने दबाबमा परेका छन् ।

तरलता अभाव भए पछि बैंकहरुले व्याजदर बढाएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर वृद्धि सम्बन्धि नयाँ निर्देशिका जारी गरे पछि बैंकहरुले व्याज बढाउन थालेका हुन् ।कात्तिक महिनामा अधिकांश वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ९.३६ प्रतिशत र कुनै कुनै बैंकहरुको निक्षेपमा ८ प्रतिशतसम्म रहेको थियो ।

केन्द्रिय बैंकले अघिल्लो महिना सोही वर्गका सबै संस्थाहरुले प्रकाशित गरेको अधिकतम ब्याजदरको औषत र न्यूनतम ब्याजदरको औषतमा १० प्रतिशतले मात्र ब्याजदर वृद्धि गर्न निर्देशन दिएको थियो ।

वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर महिनाका लागि बैंकहरुले ब्याजदर बढाएका छन् ।अधिकांश बैंकहरुको अधिकतम ब्याजदर अधिकतम विन्दु अर्थात १०.०५ प्रतिशत रहेको छ ।

जसको औषत निकाल्दा अघिल्लो महिनाको अधिकतम भन्दा पनिकम ब्याजदर भएको थियो । अघिल्लो महिना बैंकहरुले प्रकाशित गरको मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत ९.१३ प्रतिशत रहेको छ । यसको १० प्रतिशत ब्याजदर बढाउँदा १०.०५ प्रतिशत हुन्छ ।

बैंकहरुमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको बाहेक सबैको अधिकतम ब्याजदर १०.०५ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा झण्डै ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका बैंकहरू कर्जा–निक्षेप अनुपात कायम गर्न कठिन भएको बताएका छन् ।

कर्जा–निक्षेप अनुपात कायम गर्न समेत कठिन भएपछि बैंकहरूले निक्षेप आकर्षण गर्न र बैंकहरूबीच निक्षेप खोसाखोस छ । मंसीर १ देखि लागू हुने ब्याज बैंकहरूले मसान्तमा प्रकाशन गर्नुपर्ने भएकाले व्याजदर बढाएका हुन् ।- आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय