फेरि नयाँ आइपीओ निष्कासन गर्ने कम्पनी थपियो,कति कित्ता आउँदै छ ?

काठमाडौं – नेपालमा ६ अर्ब हाराहारीमा नयाँ आइपीओ आउने पाइपलाइनमा छ ।

यो वर्ष मात्र दर्जन बढी कम्पनीले आइपीओ निष्कासनको लागि अनुमति मागेका छन् । फेरी एक नयाँ जलविद्युत कम्पनीले आईपीओ जारी गर्ने भएको छ । सुपर मादी हाईड्रोपावर कम्पनीले सर्वसाधारणलाई ३१ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्काशन गर्नको लागिप्रत्याभूतिकर्तामा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । क्यापिटललाई आइतबार प्रत्याभूतिकर्तामा नियुक्त गरेको हो ।

सम्झौतामा सुपर मादी हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न गरेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको छ ।

स्वीकृति पश्चात नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको अनुमतीको लागि निवेदन पेश गर्ने कम्पनीका कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगानाले जानकारी गराए ।

यो पनि पढ्नुहोस् – काठमाण्डौ । केन्द्रिय निक्षेप प्रणालीले अबदेखि नजिता सार्वजनिक भएको आधा घण्टामै रिजल्ट हेर्न मिल्ने प्रणाली निमार्ण गरेको जनाएको छ ।

यस अघि नजिताको लागि कम्तीमा तीन घण्टा प्रतिक्षा गर्नु पर्ने अबस्था थियो । सिडिएससिले आफ्नो सिस्टम स्तरोन्नति गरेकाले उक्त सुविधा उपलब्ध हुने बताएको छ। कुनै पनि सार्वजनिक निष्काशन बाँडफाँट भएको आधा घण्टामै नतिजा हेर्न पाइने छ।

पछिल्लो समय हामीले सिस्टम अपग्रेड गर्दै उक्त सुविधा उपलब्ध गराउन लागिएको हो” सिडिएससिले जानकारी दिएको छ ।

सिडिएससिले स्तरोन्नति गरेको सिस्टमको परीक्षण मध्ये भोटेकोसीको शेयर बाँडफाँटमै गरिसकेको छ। परीक्षणमा सफलता मिलेपछि त्यसलाई आउने सार्वजनिक निष्कासनबाट निरन्तरता दिन लागिएको छ।

परीक्षणमा अहिलेको ट्राफिकलाई समेत ध्यान दिइएको थियो। पछिल्लो समय एकै पटक जति मानिसले नतिजा हेर्ने गरेका थिए त्यसभन्दा बढीले हेर्ने गरी त्यसको क्षमता तोकिएको छ। जसले गर्दा एकै पटक धेरै मानिसले एकै पटक नतिजा हेरे पनि ट्राफिक नहुने बताइएको छ।

यस अघि नतिजा आएपछि उक्त नतिजालाई थोरै थोरै गर्दै अपलोड गर्दा तथ्याङ्क अपलोड हुन धेरै समय लाग्ने गरेको थियो। तर अब सबै नतिजा एकै पटक अपलोड गर्न मिल्ने गरी सिस्टमको विकास गरिएको छ। – आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय