साताको अन्तिम दिन: २ कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

उक्त दिन मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावरको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो।बिहीबार मानुषी लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

उक्त दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ८४.४० रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ९२८.७० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेह्रथुम पावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६.३० रुपैयाँले वृद्धि भई ३९९.५० रुपैयाँ कायम भएको छ ।

उक्त दिन साहस उर्जाको सेयर मूल्य ७.६४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ५४.८० रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ७७२.५० रुपैयाँ कायम भएको छ ।

यी कम्पनीहरुसहित आज गुडविल फाइनान्स, सामूदायिक लघुवित्त, पाँचथर पावर, गुडविल फाइनान्स डिवेन्चर २०८३ लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय