आज पनि शेयर बजारमा भारि गिरावट,हल्लाको विश्वास गर्दा लगानीकर्ता आत्तिय

काठमाण्डौ । साताको अन्तिम दिन विहिबार पनि नेप्सेमा भारि गिरावट आएको छ ।

तिहार अघि पनि घटेरै बन्द भएको बजार आज करिव ६० अंकले घटेर समग्र बजार २६९० विन्दुमा आएको छ ।दिनैभरि विक्री चाप हुँदा अधिकांस कम्पनीहरुको शेयर मुल्य घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने औषतनै छ । आज २२५ कम्पनीहरुको ५ अर्ब ११ करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ ।

आज कारोबार भएका मध्य १६ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । महालक्ष्मी विकास बैंकको शेयर सबै भन्दा धेरै खरिद विक्री हुँदा मानुषी लद्युवित्त र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य सर्किट लागेर कारोबार भएको छ ।

मौद्रिक नितीमा कुनै परिर्वतन हुन्छ कि हुन्न भन्ने आन्यौलका कारण नयाँ लगानीकर्ता बजारमा डराएको धेरैको अनुमान छ । साथै तरलता अभावले पनि बजारमा प्रभाव पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय