१३ विकास बैंकले नाफा बढाए, कुन बैंकको नाफा कति ?

काठमाडौं–बैैंक तथा वित्तीय संस्थाले धमाधम वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

विकास बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । १६ विकास बैंक मध्ये तीन घाटामा छन् भने बाँकी १३ बैंक नाफामा रहेका छन् । १६ ओटामध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले नाफा कमाएको छ ।

बैैकले रू ३४ करोड ५५ लाख ८७ हजार खुद नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १७ प्रतिशत वृद्धि भएको हो ।

बैंकले गत आवको पहिलो त्रैमासमा रू२९ करोड ४१ लाख नाफा कमाएको थियो । त्यसैगरी यस कम्पनीको वितरणयोग्य नाफा सबैभन्दा बढी रू ९५ करोड ६३ लाख रहेको छ ।

एनएफआर एस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याए पछिको नाफानै वितरणयोग्य नाफा हो । त्यस्तै, यस कम्पनीको प्रतिशेयर आम्दानी रू २८ दशमलव ७३ पुगेको छ ।

त्यसैगरी, दोस्रोमा महालक्ष्मी विकास बैंकले रू। २३ करोड ५ लाख नाफा कमाएको हो । प्रतिशतको आधारमा चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी कर्णाली डेभलपमेण्ट बैंकको नाफामा वृद्धि भएको छ ।

कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५५८ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू। ३४ लाख ४८ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू२ करोड २७ लाख पुगेको हो ।

चालू आवको पहिलो त्रैमासमा नारायणी डेभलपमेण्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंक घाटामा गएका हुन् ।

यी तीन ओटा बैंकमध्ये सप्तकोशी डेभलपमेण्ट बैंकले चालू आवको पहिलो त्रैमासमा रू ११ करोड १ लाख घाटामा रहेको हो । त्यसैगरी सिन्धु विकास बैंकले रू ६६ लाख ६९ हजार र नारायणी डेभलपमेण्ट बैंकले रू ९ लाख ११ हजार घाटामा रहेको हो ।

त्यसैगरी पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका १६ ओटा कम्पनीमध्ये कर्पोरेट डेभलपमेण्ट बैंक, नारायणी डेभलपमेण्ट बैंक र ग्रीन डेभलपमेण्ट बैंकले वितरणयोग्य नाफा उल्लेख गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय