सरकारकै कारण ६ अर्बको आइपीओ निष्कासन झ्याप्पै रोकियो,नियामक निकाय लाचार

काठमाडौं – नेपाल सरकारका कारण पाइप लाइनमा रहेका ६ अर्ब हाराहारीको आइपीओ निष्कासन रोकिएको छ ।

असोज १९ गते धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुङ्गानाको बर्खास्ती पछि नयाँ नियुक्ति नहुँदा आइपीओ निष्कासन प्रकिया रोकिएको छ । राइट शेयर,आइपीओ लगाएतका नीतिगत पहलमा समेत नियामक निकाय लाचार बनेको देख्न सकिन्छ । अहिले भने सरकार बोर्डको अध्यक्ष नियुक्ति प्रकृया अगाडि बढाएको छ ।

त्यस्तै नेप्सेमा पनि प्रमुख नहुँदा सुधारका काम र नीतिगत काम हुन सकेका छैन । केहीवर्ष यता निकै चलायमान भइरहेको शेयर बजार प्रति सरकारको बजार अन्दाजले यो क्षेत्रले सोचे अनुरुपको प्रगति गर्न सकेको छैन ।

नियामक निकायमा स्वीकृतिको लागि अहिले ६ अर्ब माथिका कम्पनीको शेयर प्रकृयामा रहेको छ ।

सयपत्री जलविद्युतको ९० करोड देखि डिस होमको २३ करोड सम्मको शेयर निष्कासनको प्रक्रियामा रहेका छन् । शेयर आउनेमा अधिकांस जलविद्युत कम्पनी रहेका छन भने इन्स्योरेन्स र लघुवित्त पनि यो लहरमा छन् ।

यो पनि पढ्नुहोस् – काठमाण्डौ – करिव २ वर्ष पहिला नेपालमा डिम्याट खाता भनेको धेरैलाई थाहा थिएन । थाहा भएपनि केहि ब्यक्तिहरुले मात्र यसको फाईदा लिएका थिए ।

अहिले यसको चर्चा गाँउ घरसम्म पुगेको छ जसले नेपालमा शेयर बजारको विस्तार आक्रामक भइरहेको देखाउँछ । शेयर जम्मा गर्नको लागि बैंकमा खोलिने डिम्याट खाताको संख्या केहि बर्षको अवधिमा आक्रामक बढेर ४६ लाख माथि पुगेको छ । केही बर्ष अघि ४ लाखको संख्यामा रहेको शेयर खाता खोल्नेको संख्या यति धेरै बढेको हो ।

अहिले कुनै नयाँ आईपीओ खुले त्यसमा आवेदन दिनको संख्या २४ लाख सम्म पुग्ने गरेको छ । यो आँकणले धेरैले शेयर बजारलाई चासोका साथ हेरिरहेको बताउँछ । अहिले सर्वसाधारणको खातामा ७ अर्व ३९ करोड भन्दा धेरै शेयर रहेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार अहिले दैनिक रुपमा डिम्याट खाता खोल्नेको संख्या समेत दैनिक बृद्धि भइरहेको छ ।

कोरोना भाइरसको महामारीले अन्य क्षेत्र ठप्प हुँदा शेयर बजारमा सबैको आँखा पर्ने गरेको थियो । पछिल्लो समय अनलाई प्रविधिबाट शेयर खाता खोल्न सकिन ब्यवस्थाले समेत यसको क्षेत्र विस्तार हुँदै गइरुहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय