शेयर बाजारमा लगानिकर्ताको लर्को, डिम्याट खाता खोल्नेको संख्या ४६ लाख माथि पुग्यो

काठमाण्डौ – करिव २ वर्ष पहिला नेपालमा डिम्याट खाता भनेको धेरैलाई थाहा थिएन । थाहा भएपनि केहि ब्यक्तिहरुले मात्र यसको फाईदा लिएका थिए ।

अहिले यसको चर्चा गाँउ घरसम्म पुगेको छ जसले नेपालमा शेयर बजारको विस्तार आक्रामक भइरहेको देखाउँछ । शेयर जम्मा गर्नको लागि बैंकमा खोलिने डिम्याट खाताको संख्या केहि बर्षको अवधिमा आक्रामक बढेर ४६ लाख माथि पुगेको छ । केही बर्ष अघि ४ लाखको संख्यामा रहेको शेयर खाता खोल्नेको संख्या यति धेरै बढेको हो ।

अहिले कुनै नयाँ आईपीओ खुले त्यसमा आवेदन दिनको संख्या २४ लाख सम्म पुग्ने गरेको छ । यो आँकणले धेरैले शेयर बजारलाई चासोका साथ हेरिरहेको बताउँछ । अहिले सर्वसाधारणको खातामा ७ अर्व ३९ करोड भन्दा धेरै शेयर रहेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार अहिले दैनिक रुपमा डिम्याट खाता खोल्नेको संख्या समेत दैनिक बृद्धि भइरहेको छ ।

कोरोना भाइरसको महामारीले अन्य क्षेत्र ठप्प हुँदा शेयर बजारमा सबैको आँखा पर्ने गरेको थियो । पछिल्लो समय अनलाई प्रविधिबाट शेयर खाता खोल्न सकिन ब्यवस्थाले समेत यसको क्षेत्र विस्तार हुँदै गइरुहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय