दोहोरो अंकले घट्यो नेप्से,निफ्राको शेयर मूल्य भने बढ्यो

काठमाण्डौ । तिहार पछि खुलेको शेयर बजार आज १९ अंकले घटेर बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेर ४ अर्व ४२ करोड माथि पुगेको छ ।

आजको बजारको गिरावटसँगै २८२९ विन्दुमा झरेको छ । आज २३० कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ४२ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मुल्य भने घटेको छ । त्यस्तै ३ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

आज ४ कम्पनीहरुको शेयर सर्किट लेवलमा कारोबार भएको छ भने महालक्ष्मी विकास बैंकको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ ।

लामो समयपछि आज निफ्राको शेयर मूल्य बृद्धि भएर कारोबार भएको छ । सो कम्पनीको शेयर मुल्य आज मात्र २३ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय