दुई दर्जन लघुवित्तद्वारा लाभांश घोषणा, कुनको कति ?

काठमाडौं–बैक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरेका छन् ।

बैंक, विकास बैंक, लघुवित्त कम्पनीले लाभांश घोषणा गरेका छन् । यसैबीच दुई दर्जन लघु वित्त कम्पनीले लाभांश घोषणा गरेका छन । हालसम्म लाभांश घोषणा भएका लघुवित्तमध्ये महिला लघुवित्तको सबैभन्दा बढी ५ प्रतिशत लाभांश र अधिकांश लघुवित्तले बोनस शेयर दिने घोषणा गरेका छन ।

जसमा ४७ दशमलब ५ प्रतिशत बोनस शेयर र २ दशमलब ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पनि ३४ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्त वित्तीय संस्थाले ३२.३ प्रतिशत बोनस शेयर र १।७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

सबैको लघुवित्त वित्तीयले ३२.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सबैको लघुवित्त वित्तीय संस्थाले ३१.०५ प्रतिशत बोनस शेयर र १।६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

एनआईसी एशिया लघुवित्तले ५.४१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । डिप्रोक्स लघुवित्तको २० प्रतिशत बोनस शेयर र १ दशमलब ०५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै, फस्र्ट माइक्रोफाइनान्सको १० प्रतिशत बोनस र शुन्य दशमलब ५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७.३७ प्रतिशत नगद लाभांश गरी कुल २७.३७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । त्यस्तै, मिरमिरे लघुवित्तले २० प्रतिशत लाभाश दिने घोषणा गरेको छ ।

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनाका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै,स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ भने वित्त कम्पनीको बुक क्लोज समेत भइकेको छ ।

त्यस्तै, साधाना लघुवित्तले २५ प्रतिशत बोनस शेयर र १ दशमलब ३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । गुँरास लघुवित्तले १६ दशमबल ९०६४ प्रतिशत बोनस र शुन्य दशमलब ८८९४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सिभिल लघुवित्तले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश दिने भएको छ । आरएसडीसी लघुवित्तले १० प्रतिशत बोनस र शुन्य दशमलब ५२६३ प्रतिशत नगद दिने भएको छ ।

स्वाभिमान लघुवित्तले ३२ दशमलब ३ प्रतिशत बोनस र १ दशमलब ७ प्रतिशत नगद, आशा लघुवित्तले २५ प्रतिशत बोनस र १ दशमलब ३१५८ प्रतिशत नगद,मेरो माइक्रो फाइनान्सले २० प्रतिशत बोनस र १ दशमलब ६३ प्रतिशत नगद दिने भएका छन् ।

सबैको लघुवित्तले ३१ दशमलब ०५ प्रतिशत बोनस र १ दशमलब ६२ प्रतिशत नगद, ग्लोबल आईएमई लघुवित्तले २८ प्रतिशत बोनस,स्वबलम्बन लघुवित्तले १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद, नेरुडे लघुवित्तले २१ दशमलब ४८७६ प्रतिशत बोनस र १ दशमलब १३०९ प्रतिशत नगद दिने भएका छन् ।

त्यस्तै, गणपति लघुवित्तले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद, एनडीइपी लघुवित्तले २० प्रतिशत बोनस र १ दशमलब ०५३ प्रतिशत नगद, एनएमबि लघुवित्तले २१ दशमलब ५ प्रतिशत बोनस र १ दशमलब ३३ प्रतिशत नगद, माहुली सामूदाकि लघुवित्तले २६ प्रतिशत बोनस, समाता घरेलु लघुवित्तले २० प्रतिशत बोनस, मनकामाना स्मार्ट घलुवित्तले १७ प्रतिशत बोनस दिने प्रस्ताव गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र सम्बन्धीत लघुवित्तको साधारण सभाबाट प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीले पाउने छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय