लगानिकर्ताका लागि फेरि आयो खुसिको खबर

काठमाडौं – नेपालमा आइपीओ निष्काशनको लाइनमा धेरै कम्पनीहरु रहेका छन् यसै क्रममा नयाँ कम्पनीको शेयर निष्काशनको लागि सेबोनमा निवेदन दिएको छ ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ अनुमति मागेको हो ।
कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत कात्तिक १४ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) आवेदन दिएको हो।

कम्पनीले १७ करोड ६४ लाख ११ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।

सेबोनबाट अनुमति पाएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६४ हजार ११० कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

मन्दाकिनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।- आर्थिक संदेश

यो पनि पढ्नुहोस् – काठमाण्डौ – सबैले लामो समयदेखि माग गर्दै आएको विषयमा सरोकारवालाको ध्यान पुगेको छ ।

आज देखि सीडीएससीले मेरो सेयरमा अब लगानीकर्ता आफैंले पासवर्ड परिवर्तन गर्न सक्ने सुविधा थप गरेको छ । शुक्रवारदेखि सीडीएससीले मेरो सेयरमा लगानीकर्ता स्वयंले मेरो सेयरको पासवर्ड रिसेट गर्न सक्ने सुविधा सञ्चालनमा ल्याएको हो ।

यसका लागि लगानीकर्ताले मेरो सेयरको लगइन पेसमा रहेको ‘फरगेट योर पासवर्ड’ लिंकमा गएर पासवर्ड परिवर्तन गर्न सक्नेछन् ।

यसरी पासवर्ड परिवर्तन गरेपछि परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउनेछ । इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सकिने सीडीएससीको भनाई छ ।

यसअघि मेरो सेयर प्रयोगकर्ताले पासवर्ड बिर्सिएमा सेवा पुनः सञ्चालन गर्नका लागि सम्बन्धित निक्षेप सदस्यलाई निवेदन दिनुपर्ने व्यवस्था थियो ।

उक्त व्यवस्थालाई सहज बनाउन सीडीएससीले मेरो सेयरमा नयाँ फिचर थपेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय