खुसिको खबर नयाँ कम्पनीले आईपीओ निष्कासन गर्दै

काठमाडौं–विभिन्न कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिरहेका बेला अर्को एक कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन कम्पनी लिमिटेडले पौने ४८ करोड रुपैयाँ बढीको आईपीओ निष्कासनको तयारी गरेको छ ।

स्वेतगंगाले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) आवेदन दिएको छ ।

कम्पनीले ४७ करोड ७९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।सेबोनबाट अनुमति पाएमा स्वेतगंगाले १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ । स्वेतगंगाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । – आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय