भोली सामलिङ्ग पावरको आइपीओ बाँडफाँड हुने,कतिले पाउँछन् शेयर ?

काठमाण्डौ – सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म निष्कासन गरेकाे आइपीओ भोलि बाँडफाँड हुने भएको छ ।

शेयर भोलि निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गकाे कार्यालयमा बिहान ८:३० बजे हुनेछ । कम्पनीकाे आईपीओमा अन्तिम दिन सम्ममा २२ लाख ६५ हजार ६ सय ९८ जना आवेदकहरूले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए ।

याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ३९.६७ गुणा धेरै हो । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ६७ हजार ८ सय ९० जना आवेदकहरूले मात्रै १० कित्ता सेयर प्राप्त गर्नेछन् ।

बाँकी करिव २२ लाख आवेदकहरूकाे भने हात खाली हुनेछ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे ।

सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि आवेदन दिन पाउँथे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय