कस्तो रहला तपाइको साता हेर्नुहोस साप्ताहिक राशिफल 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ -अवसर आए पनि समयमा आँट गर्न नसक्दा केही चुनौती देखा पर्नेछन्। अध्ययनमा पनि धेरै समय दिन नसकिएला। 

तापनि काम भने बन्नेछन्। साेमवारपछि स्थिति अनुकूल बन्नुका साथै प्रयत्न गर्दा लक्ष्य पूरा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ। व्यापारमा फाइदा होला। कामले अरूलाई आकर्षित गर्न सकिनेछ। अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउने समय छ। 

रोकिएका धेरै काम सम्पादन हुनेछन्। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सफल भइनेछ। सप्ताहान्तमा स्वास्थ्य कमजाेर बन्ने र अर्थअभावले सताउने सम्भावना छ।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो-रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। बेसुरमा वचन दिने बानीले काममा समस्या उत्पन्न होला। विश्वासपात्रबाटै धोका हुने सम्भावना देखिएकाले सजग रहनुपर्ला। पेटको खराबीले पनि सताउन सक्छ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। आँटेको काम रोकिनाले पछि परिनेछ। फजुल खर्च बढ्न सक्छ। 

वादविवादमा अघि नसर्नुहोला। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ। राेकिएका काम बन्नेछन्, व्यापार बढ्नेछ र अर्थलाभ हुनेछ। प्रतिस्पर्धीले हार खानेछन्। सप्ताहान्तमा यात्राकाे साइत जुर्न सक्छ। राेकिएकाे काम पनि सम्पादन हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रारम्भमा अवसरले उत्साह जगाउनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। तर साेमवारपछि पारिवारिक असमझदारीले समस्या निम्त्याउन सक्छ। अरूको भर पर्दा महत्त्वाकांक्षा अधुरो रहनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन्। स्

वास्थ्य कमजोर रहनाले अध्ययनमा मन एकाग्र नहुन सक्छ। आँट गर्न नसक्दा काममा पछि परिनेछ। अप्रिय समाचारले मन भारी हुनेछ। तापनि साताको अन्त्य फलदायी रहनेछ। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिस्थितिवश अध्ययनमा समय दिन नसकिएला। आफ्नो लाभांश तत्काल हातलागी नहुन सक्छ। पहिलेको सम्झौताले समस्या निम्त्याउने देखिन्छ। कुरा लगाउनेहरूबाट सजग रहनुपर्ला। मंगलवार र बुधवार स्थितिमा सुधार आउनुका साथै सहयोगीहरूका माध्यमबाट काम गर्न सकिनेछ। 

मिहिनेतले अवसर दिलाउनेछ, प्रतिस्पर्धीहरूले हार खानेछन्। बिहीवारदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ। आफन्त टाढिनेछन् र अरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सप्ताहान्तमा राेकिएकाे काम बन्नेछ र लाभ उठाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रारम्भमा रमाइलो पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। लगनशीलताले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। साेमवारपछि भने परिस्थिति अलि असहज हुन सक्छ। फजुल खर्च बढ्नुका साथै वादविवादमा परिने सम्भावना छ। तापनि, शुभचिन्तकहरू जुट्नाले बिहीवारदेखि परिस्थिति अनुकूल बन्नेछ।

 मिहिनेतले गुमेको प्रतिष्ठा दिलाउनेछ। पहिलेको समस्या सुल्झाउन सकिनेछ। सप्ताहान्त भने अलि चुनाैतीपूर्ण रहनेछ। सामान्य अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रारम्भमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। काम बिग्रने भयले पनि सताउनेछ। सहयोग जुटाउँदैमा समय व्यतीत हुनेछ। आलोचकहरूले आफ्ना छिद्र खोतल्ने प्रयत्न गर्लान्, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मंगलवार र बुधवार शुभचिन्तकहरूले काममा साथ दिनेछन्।

 रमाइलाे पारिवारिक भेटघाट हुनेछ। मिहिनेत गर्दा आँटेको काम पनि बन्नेछ। तर विहीवार साँझपछि विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा दु:ख पाइनेछ। रकम बाहिरिनाले अर्थअभावले सताउन सक्छ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नुका साथै काम बन्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रारम्भमा विशेष अवसर जुट्नुका साथै मनग्य आम्दानी हातलागी हुनेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। तर, रकम बाहिरिनाले सञ्चय गर्न भने नसकिएला। मंगलवार र बुधवार केही अनियन्त्रित खर्च पनि हुनेछ। 

अर्थ अभावले काममा बाधा पुग्न सक्छ। नजिकका साथीभाइ टाढिनेछन्। तापनि, टाढाका साथीसँग सम्बन्ध विस्तार गर्न सकिनेछ। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला। बिहीवारदेखि स्थितिमा सुधार आउनाले प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग निकटता पनि बढ्न सक्छ। सप्ताहान्तमा मनग्य अर्थलाभ हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रारम्भमा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्न सक्छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह गर्न सकिनेछ। 

पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। बिहीवार र शुक्रवार भने फजुल खर्च बढ्न सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। केही नोक्सानी समेत व्यहाेर्नुपर्ला। सप्ताहान्तमा भने आफन्तकाे सहयाेग जुट्नाले फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अस्वस्थताका बीच पनि जिम्मेवारी थपिन सक्छ। काममा बाधा र चुनौती देखिनेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि फाइदा उठाउन सकिनेछ। शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नेछ। मंगलवारदेखि स्थिति अनुकूल बन्नुका साथै राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्नेछ। व्यापार–व्यवसायमा सोचेको लाभ मिल्नेछ। 

अरूको मन जितेर लाेकप्रियता हासिल गर्न सकिनेछ। कीर्तिमानी काम गर्ने अवसर जुट्नुका साथै विशेष आम्दानी बढ्नेछ। सप्ताहान्तमा भने खर्चिलाे काम गर्नुपर्ने अवस्था आउन सक्छ। लामाे यात्रा हुने सम्भावना छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामान्य आम्दानी भए पनि बुधवारसम्म केही अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला। नियमित काममा बाधा हुनेछ भने विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ने देखिन्छ। अरूका लागि बढी समय दिनुपर्दा आफ्नाे काम राेकिन सक्छ। 

बिहीवारदेखि स्थितिमा सुधार आउनाले राेकिएका काम सम्पादन हुनेछन्। सानो प्रयत्नले काम बन्नेछ भने अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रियजनसँग रमाइलाे भेट हुनाले प्रारम्भ उत्साहवर्धक रहनेछ। रमाइलाे यात्रा पनि हुन सक्छ। साेमवारपछि भने अप्ठ्यारो परिस्थितिसँग संघर्ष गर्नुपर्ला। नियमित काममा बाधा पुग्न सक्छ। काम बिग्रनाले दोहोर्याएर गर्नुपर्ने अवस्था आउन सक्छ। स्

वास्थ्य कमजाेर रहनेछ। ईर्ष्या गर्नेहरू बढ्ने हुँदा गाेपनीयतामा ध्यान पुर्याउनुहाेला। अरूका लागि समय र धन खर्चनुपरे पनि यश नपाइने समय छ। सप्ताहान्तमा भने स्थितिमा सुधार आउनेछ र नयाँ जिम्मेवारी प्राप्त हुनेछ। मेहनत गर्दा चिताएको काम बन्नेछ। घर–परिवारमा भने असमझदारी बढ्न सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रारम्भमा प्रतिस्पर्धी पराजित हुनुका साथै जोश–जाँगर बढ्नेछ। आँटले काम बन्नेछन् र जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दिगो काम प्रारम्भ हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ। रमाइलाे यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। 

बिहीवारदेखि परिबन्धले झमेला निम्त्याउन सक्छ। समस्या दर्साउँदा अप्ठ्यारो समयमा शुभचिन्तकहरूले साथ दिनेछन्। तर स्वास्थ्य कमजाेर हुनाले काम राेकिएला। आफ्ना कमजाेरीबाट अरूले फाइदा उठाउन सक्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय