लगानिकार्ताका लागि आयो फेरि अर्को खसुको खबर

काठमाडौं–शेयर बजारमा एकपछि अर्को आईपीओ जारी गरिरहेका बेला दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । गत वैशाखमै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको कम्पनीले अनुमति पाउँदासाथ आईपीओ निष्कसानको तयारीमा छ ।

बोर्डले थप कागजात मगाए पछि कम्पनीले आवश्यक कागजात पठाई सकेको छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

धितो पत्र बोर्डको अध्यक्ष नभएको कारण केही ढिलाई भए पनि अब नयाँ अध्यक्ष आउँदासाथ बोर्ड बैठक बसेर अनुमति दिने तयारी छ । बोर्डको अध्यक्ष नियुक्ति गर्नका लागि अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

यो पनि पढ्नुहोस् -काठमाडौं । पछिल्लो समय आइपीओको गाउँ गाउँमा समेत चर्चा हुने गरेको छ । यसैबीच कार्तिक महिनामा पनि आइपीओ निष्कासन हुने क्रम जारी छ ।

पछिल्लो समय शेयर बजारमा रौनक आएसँगै यसको चर्चा फेरि चुलिएको छ । यसै बीच नेपालमा ६ अर्ब माथिको आइपीओ आउने तयारीमा रहेका छन् । नेपालमा ५० लाख डिम्याट खाता पुगिसकेको बेला आइपीओ सबैको चासोको विषय पनि हो ।

आईपिओ निष्कासनको लागी २१ कम्पनी नेपाल धितोपत्र बोर्डको अनुमतीको पर्खाइमा रहेका छन । सेयर बजारमा ५ अर्ब ९४ करोड ७२ लाख ८९ हजार ४ सय रुपैयाँ बराबरको आईपिओ निष्काशनको लागि नियामक निकाय धितोपत्र बोर्डमा वेटिङमा रहेका छन् ।

कुन कुन कम्पनीको आउँदैछ आईपिओ ?

रीलायबल लाइफ इन्स्योरेन्सको १ अर्ब २७ करोड ७२ लाख ६० लाख कित्ता (प्रिमियम समेत थपेर प्रति कित्ता २१२ रुपैयाँमा), आइएमई लाइफ इन्स्योरेन्सको ६० करोडले हुन आउने ६० लाख कित्ता, दोर्दी खोला हाइड्रोको २९ करोड ५१ लाख ९२ हजार ९ सय बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता, अपर सोलु हाइड्रोको ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता

डिश होमको २३ करोड ८५ लाख ९२ हजार ९ सय बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता (बुक विल्डिंग विधिबाट आउने सम्भावना), अपर हेवाखोला हाइड्रोको २० करोड बराबरको २० लाख कित्ता, बिन्धवासिनी हाइड्रोको २५ करोड बराबरको २५ लाख कित्ता, हिमालयन हाइड्रोको २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता

सयपत्री हाइड्रोको ९ करोड बराबरको ९ लाख कित्ता, इमार्जिंग नेपाल लिमिटेडको ५ करोड ५५ लाख ६० हजार रकम बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता, जाल्पा सामुदायिक लघुवित्तको ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तको ८ करोड ५० लाख बराबरको ८ लकः ५० हजार कित्ता, मोलुंग हाइड्रोको ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार

कित्ता, पुकार लघुवित्तको २ करोड ६६ लाख २५ हजार बराबरको २ लाख ६६ हजार २ सय ५० कित्ता, रिभर फल्स पावरको ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता, थ्री स्टार हाइड्रोको १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता, राप्ती हाइड्रो एण्ड

जनरल कन्सट्रक्सनको २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता, सीवाईसी नेपाल लघुवित्तको ३ करोड ९५ लाख ३३ हजार ६ सय बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता

बलेफी हाइड्रोको ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता, ग्रिन भेन्चर्स लिमिटेडको ६२ करोड ५० लाख बराबरको ६२ लाख ५० हजार कित्ता, नेस्ड़ो सम्बृद्ध लघुवित्तको ८ करोड २८ लाख ७५ हजार बर्बर्को ८ लाख २८ हजार ७ सय ५० कित्ता- आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय