यसरी सजिलै हेर्नुहोस् मध्य भोटेकोशीको आईपीओ नतिजा

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ शुक्रवार बिहान ९ बजे बाँडफाँट भएको हो ।

कम्पनीको सेयर ८ लाख १९ हजार जनाले १०/१० कित्ता पाएका छन् । किम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।मागभन्दा बढी आवेदन परेकोले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट भएको हो ।

कम्पनीले कुल सेयरमध्ये ३ लाख ६० हजार कर्मचारीहरुको लागि,४ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त आईपीओमा अन्तिम दिनसम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ता सेयरका लागि आवेदन दिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

यसरी हेर्नुहोस् नतिजा

1. https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check2. https://iporesult.cdsc.com.np/

3. https://meroshare.cdsc.com.np/#/login

4. http://mbjcl.com.np/site/d/ipo-issue-close-notice-for-general-public/49/82/321

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय