काठमाडौं – कात्तिक १२ गते शुक्रबार, मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो। आवेदकमध्ये गोलाप्रथाबाट ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

कम्पनीले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो।

जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए।

जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएका छन् भने बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here