१३ अंकले बढ्यो सेयर बजार, दुई कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार १३.०४ अंकले वृद्धि भएको छ । उक्त दिन बजार परिसुचक पनि २७८२.१६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

बजार बढेपनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन साढे ६ बढीको कारोबार भएकोमा आज भने ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

उक्त दिन बैंकिङ, व्यापार, होटेल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड र उत्पादक तथा प्रसोधन समूहमा गिरावट आएको छ ।

आज विकास बैंक ५०.५७ अंक, जलविद्युत ६५.४४, फाइनान्स १३.४२, माइक्रोफाइनान्स १३०.४२, निर्जीबन बीमा ३.२३, अन्य ४७.७३ र लगानी समूह ०.३६ अंकले वृद्धि भएको छ ।

उक्त दिन दुई कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज नेशनल हाइड्रोपावरको २९ करोड १९ लाख ५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको २२ करोड ७५ लाख १४ हजार रुपैयाँ बराबरको सेयर बिनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय