साहस उर्जा र तेह्रथुम पावरको सेयर बजारमा आउँदै, आईपीओ परेकालाई मालामाल

काठमाण्डौं–धितोपत्र दोस्रो बजारमा साहस उर्जा र तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर कारोबार आउँदो आइतबार आउने सम्भावना रहेको छ।

यी दुवै कम्पनीको आईपीओ भोलि बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हुने भएको छ। ‘यदि भोलि यी कम्पनीका अधिकारीहरु आईपीओ लिस्ट सम्झौता गर्न आए भोलि नै सूचीकृत हुन्छ’, नेप्सेका एक अधिकारीले भने।यदि भोलि यी कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भए आउँदो आइतबारबाट कारोबार आउने छन्।

नेप्सेले पहिलो कारोबारका लागि तोकेको रेन्जभित्र यी दुवै कम्पनीको सेयरस्पेसल प्रि ओपनिङ सेसनमा किनबेच भएमा आइतबारबाट नियमित समयका लागि कारोबार खुल्नेछ।

नेप्सेले साहस उर्जालाई पहिलो कारोबारका लागि न्यूनतम १५७.४३ रुपैयाँदेखि अधिकतम ४७२.२९ रुपैयाँ ओपनिङ रेन्ज तोक्न सक्नेछ ।

यो कम्पनीलले ‘एसएएचएएस’ कारोबार संकेत पाएको छ। यसैगरी तेह्रथुम पावरले पहिलो कारोबारका लागि न्यूनतम ८२.४४ रुपैयाँदेखि अधिकतम २४७.३२ रुपैयाँ ओपनिङ रेन्ज पाउनेछ। यो कम्पनीलाई नेप्सेले ‘टीपीसी’ कारोबार संकेत प्रदान गरेको छ।

गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिएको थियो । यो कम्पनीको आईपीओ बाँडफाँड गत असोज १७ गते भएको थियो। यसैगरी तेह्रथुप पावरको रु. ८ करोडको आईपीओ गत भदौ ९ गतेबाट भदौ १५ गतेसम्म बिक्री गरिएको थियो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । यो कम्पनीको आईपीओ बाँडफाँड भदौ २५ गते भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय