खुसिको खबर ,३३ करोडको नयाँ आईपीओ आउँदै

काठमाडौं–अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासनको तयारीमा छ ।

कम्पनीले चैत १६ गते आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएको थियो । बोर्डले अनुमति दिने अन्तिम तयारीमा छ । कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर दिने जनाएको छ ।

कम्पनीले बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरेको छ ।यो पनि पढ्नुहोस् – काठमाण्डौ । साताको चौथो दिन बजार मापक सूचक नेप्से आज १८ अंकले बढेर बजार बन्द भएको छ ।

आजको बृद्धिसँगै समग्र नेप्से २७६९ विन्दुमा पुगेको छ । यो हप्ता लागेसँगै नेप्सेमा निरन्तर बृद्धिभएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि ६ अर्व ६१ करोड माथि पुगेको छ । आज कारोबार भएका २२८ कम्पनीहरुको शेयर खरिद विक्री

भएकोमा १११ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ६९ कम्पनीको शेयर मुल्य घटेको छ । त्यस्तै ७ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।

आज कुनै पनि कम्पनीको शेयर मुल्य सर्किट लागेको छैन भने विकास बैक र जलविद्युत उपसूचक आज घटेको छ ।नविल बैकको सबै भन्दा धेरै शेयर खरिद विक्री हुँदा नेप्से २८ विन्दुमा पुगेर फर्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय