यी हुन् आज धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं– सेयर बजार सूचक करिव ६ सय अंकले घट्दा करिव एक दर्जन कम्पनीको सेयर मूल्य ५० प्रतिशत भन्दा बढीले घटेको छ ।३२ सय विन्दुमा पुगेको नेप्से घटेर २६ सयमा आईपुगेको छ ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेपछि बजार ओरालो लागेको हो । सेयर मूल्य आधा घट्ने कम्पनीमा चन्द्रागिरी हिल्स, निफ्रा,साल्ट ट्रेडिङ कर्पोरेसन, माउन्टेन हाइड्रो, युनियन हाइड्रोपावर, नेपाल हाइड्रो, ङादी ग्रुप पावर, राधि विद्युत कम्पनी, सिनर्जी पावर, युनिभर्सल पावर, एचआइडिसिएल, हिमालयन पावर पार्टनर, अरुण भ्याली, खानीखोला, सानीमा माइ र घलेम्दी हाइड्रोपावर लगायत रहेका छन् ।

सबैभन्दा धेरै मूल्य घट्नेमा चन्द्रागिरी हिल्स पहिलो नम्बरमा रहेको छ। जसको सेयर मूल्य पछिल्लो एक वर्षको अवधिमा अधिकतम २८०० सम्म पुगेकोमा अहिले करिब ५५ प्रतिशत घटेर १२८० रुपैयाँमा आएको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर मूल्य पनि सर्वाधिक घटेको छ ।

निफ्राको सेयर मूल्य पछिल्लो एक वर्षको अवधिमा अधिकतम ७२६ रुपैयाँ सम्ममा किनबेच भएकोमा अहिले ३३८ रुपैयाँमा आइसकेको छ । निफ्राको सेयर मूल्य ५३ प्रतिशतले घटेको छ।

साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्य १३,७८० रुपैयाँबाट ५२ प्रतिशत मूल्य घटेर ६५७४ रुपैयाँमा झरेको छ । त्यसैगरी, माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य एक वर्षको अवधिमा ७२० रुपैयाँ पुगेर फेरी ५२ प्रतिशत मूल्य घटेर ३४५ रुपैयाँमा झरेको छ । युनियन हाइड्रोपावरको सेयर मूल्य पनि ५२ प्रतिशतले घटेको छ । ६१२ रुपैयाँ सम्म पुगेको युनियनको कम्पनीको सेयर मूल्य अहिले २९६ रुपैयाँमा झरेको छ। यसैगरी, नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ५१ प्रतिशतले घटेको

ङादी ग्रुप पावर कम्पनीको सेयर मूल्य पनि ५१ प्रतिशत घटेको छ। एक वर्षको अवधिमा अधिकतम ११६४ रुपैयाँ सम्ममा कारोबार भएको कम्पनी सेयर अहिले ५७२ रुपैयाँमा कारोबार भइरहेको छ। राधि विद्युत कम्पनीको सेयर मूल्य भने ठिक ५० प्रतिशतले घटेको छ। एक वर्षको अधिकतम मूल्य १०३९ रुपैयाँ रहेकोमा राधिको अहिले ५२२ रुपैयाँमा झरेको छ।

सर्वाधिक मूल्य घट्ने अन्य कम्पनीहरुमा जीवन बीमा, फाइनान्स, निर्जिवन बीमा र विकास बैंकहरु अघि देखिएका छन्। सिनर्जी पावर, युनिभर्सल पावर, एचआइडिसिएल, हिमालयन पावर पार्टनर, अरुण भ्याली, खानीखोला, सानीमा माइ र घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ४९ देखि ४६ प्रतिशत सम्म घटेको छ।

ज्योति लाइफ, गुर्खाज फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य समान ४५÷४५ प्रतिशतले घटेको छ। दोस्रो बजारमा नियमित कारोबार हुने मध्ये करिब २०० कम्पनी मध्ये करिब आधा कम्पनीको सेयर मूल्य ४० देखि ५५ प्रतिशत सम्म घटेको पाइएको छ।source bizmandu.com

प्रतिक्रिया

सम्बन्धित खवर