बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री सुदूरपश्चिम जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज सुदूरपश्चिम प्रदेश जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पु¥याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिने उहाँको निजी सचिवालयले जनाएको छ । देउवा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहप्रदेश जान लाग्नुभएको हो ।

प्रधानमन्त्री देउवासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि निरीक्षणमा जाने बताइएको छ । टोलीमा कांग्रेस नेताहरू रमेश लेखक, एनपी साउद र वीरबहादुर बलायरलगायत सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।

यो पनि पढ्नुहोस – काठमाडौँ- देशभर सोमबारयता बाढी र पहिरोमा परी ज्यान गुमाउनको संख्या ८७ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले बुधबार साँझ ६ बजेसम्मको तथ्यांक अनुसार बाढी पहिरोमा परी २८ जना बेपत्ता भइका छन् । यस्तै ३१ जना घाइते भएका छन् ।

यसअघि बुधबारै गृह मन्त्रालयले ७७ जनाको मृत्यु भएको जानकारी दिएको थियो । २६ जना बेपत्ता भएक छन् । यस्तै २२ जना घाइते भएका छन् ।

मन्त्रालयका अनुसार पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् । यस्तै इलमामा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने २ ३ जना बेपत्ता छन् ।यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।

यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २-२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एकरएक जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५-५, बैतडी र इलाममा २-२, कालीकोट र डडेलधुरामा एकरएक जना घाइते भएका छन् भने बझाङमा २१, इलाममा ३, प्युठानमा २ र जुम्लामा १ जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय