खुसिको खबर नयाँ कम्पनिको आइपीओ निष्कासन हुदै

काठमाडौं – आईएमई लाईफ इन्स्योरेन्सको आइपीओ निष्कासन हुने भएको छ ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको शेयर निष्काशनको लागि सिभिल क्यापिटल चयन भइसकेको छ भने यो कम्पनीले रेटिङ “केयरएनबी ट्रीबल बी” पाएको छ ।

२०७४ देखि कारोबार सुरु गरेको कम्पनीले विभिन्न योजना लिएर ग्राहकसँग पुगेको छ । अहिले कम्पनीको पूँजी १.४ अर्ब रहेको छ भने अब २ अर्ब हुने छ ।

यो कम्पनीका १२० भन्दा धेरै शाखा रहेका छन् भने १८ हजार भन्दा धेरै अभिकर्ताहरु रहेका छन् । यो कम्पनीमा ग्लोबल आईएमई बैंक,आईएमई ग्रुप लगाएतका प्रतिष्ठित कम्पनीको लगानी रहेका छ ।

आईएमई सेन्टर मार्फत पनि ग्राहक सँग जोडिने भएको हुँदा यो कम्पनीको पहुंच व्यापक हुने विश्वास लिइएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौँ – असोज महिनामा धमाधम आइपीओ निष्कासन भएको क्रम कार्तिकमा पनि जारी रहने भएको छ ।

कार्तिक महिनाको पहिलो साता नै नयाँ आइपीओ निष्कासन हुने भएको छ ।सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि ७.३ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो।

कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक ८ गते र ढिलोमा कात्तिक १८ गते बैंकिङ समयपछि बन्द हुनेछ।

लगानीकर्ताले मेरो सेयरका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।- आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय