बुद्धभूमि नेपालको आइपीओ कतिमा होला कारोबार ?

काठमाडौं – असोज २२ गते बाँडफाँड भएको बुद्ध भूमि नेपालको आइपीओ दोर्सो बजारमा कारोबार हुन सकेको छैन ।

कम्पनीको शेयर आगामी साता कारोबार हुने अनुमान गरिएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियाे ।

शेयर आवेदन दिएका मध्य ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका थिए । बाँकी १९ लाख ५६ हजार ५ सय ५५ जनाकाे भने हात खाली भएकाे छ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ०५ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ५२ रुपैयाँ १५ पैसा हुन्छ । – आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय