आजदेखि खुल्यो नयाँ आईपिओ, कति र कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशन सुरु गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९० करोड बराबरको ९० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारी र ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा छिटोमा असोज २५ गतेसम्म र ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।यसको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह बिक्री प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल,

प्रभु क्यापिटल, लक्ष्मी, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन् ।- अर्थतन्त्र डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय