एक दर्जन बैंकको लाभांश प्रस्ताव, कुन बैंकको कति ?

काठमाडौं–वाणिज्य बैंकहरुले शेयर धनीलाई धमाधम लाभांश घोषणा गर्न थालेका छन् । चार वटा बैंकले लाभांश घोषणा गरेकोमा थप बैंकले पनि लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएका छन् ।

माछापुच्छ्रे, सानिमा, सिटिजन्स र कुमारी बैंकले लाभांश घोषणा गरिसकेका छन् ।एनआईसी एसिया, नबिल बैंक, बैंक अफ काठमान्डू, नेपाल इन्भेष्मटेन्ट, हिमालयन बैंक नेपाल राष्ट्र बैंकको स्वीकृतिको प्रतिक्षामा छन् । त्यसैगरी, सिद्धार्थ, लक्ष्मी, नेपाल बंगलादेश, एभरेष्ट, स्टाण्डर्ड चार्र्टर्ड बैंक तथा नेपाल बैंकले पनि स्वीकृतिका लागि पठाएका छन् ।

मर्जरमा जाने सम्झौता गरेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले एउटै समयमा लाभांश घोषणा गर्न सक्छन् हिमालयन बैंकले २० देखि २२ प्रतिशतको हाराहारीमा लाभांश घोषणा गर्न सक्छ । जसमा १६ देखि १८ प्रतिशतसम्म बोनस सेयर तथा २ देखि ४ प्रतिशतसम्म नगद लाभांश हुनसक्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १२ देखि १५ प्रतिशतसम्म लाभांश घोषणा गर्न सक्छ । जसमा १० देखि १२ सम्म बोनस तथा २ देखि ३ सम्म नगद लाभांश हुनसक्छ ।सेयरधनीलाई आकर्षक लाभांश दिइरहेको नबिल बैंकले ३० प्रतिशत हाराहारीमा लाभांश घोषणा गर्न सक्ने देखिन्छ ।

जसमा २५ प्रतिशतसम्म बोनस सेयर ५ प्रतिशतसम्म नगद लाभांश हुनसक्छ । यस्तै एनआइसी एशिया बैंकले १७ प्रतिशतसम्म, एनबी बैंकले १४ प्रतिशतसम्म तथा सिद्धार्थ बैंकले १२ देखि १५ प्रतिशतसम्म लाभांश घोषणा गर्न सक्ने सम्भावना देखिएको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंकले १४ प्रतिशतसम्म, लक्ष्मी बैंकले १६ प्रतिशतसम्म लाभांश घोषणा गर्नसक्छ । राष्ट्र बैंकको यो वर्षको नीतिपनि नगद लाभांशभन्दा बोनस सेयरलाई प्रोत्साहन गर्ने छ ।

त्यो हुँदा क्षमता भएपनि एभरेष्ट तथा चार्टर्ड बैंकले भने कम लाभांश दिएर रिजर्भमा पैसा राख्न सक्ने सम्भावना छ । एभरेष्टले २० देखि २५ प्रतिशतसम्म लाभांश दिनसक्छ । – आर्थिक संदेश]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय