साहास उर्जाको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

काठमाडौं–साहस उर्जा लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँट भएको छ ।

असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आइतबार बाँडफाँट गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट हुनेछ ।

शुक्रबार प्रिअलटमेन्ट सकाएर आइतबार शेयर बाँडफाँट गर्न लगेको एनआईविएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका

लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको आईपीओमा २४ लाख ७४ हजार ४३६ आवेदकबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्ताशेयर माग भएको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ६४ लाख ४० हजार कित्ता शेयरको ५.३५ गुण बढी हो । आफुलाई आईपिओ परे नपरेको थह पऊनका लागि दिइएको लिंकमा किलिक गर्नुहोस्

https://iporesult.cdsc.com.np , https://result.niblcapital.com/#/ipo-result

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय