आज साहस उर्जाको आईपीओ बाँडफाँट हुँदै

काठमाडौं । साहस उर्जाले साधारण सेयर ९आईपीओ० बाँडफाँट आज आइतबार हुने भएको छ ।

कम्पनीले ६ देखि १० असोजसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको प्रि–अलटमेन्ट आज गरेको हो । कम्पनीले १७ असोजमा बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाटमा बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने मिति तय भएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिन १० असोजसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकले तीन करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिने कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय