साहस उर्जाको आइपीओ बाँडफाँड मिति सार्बजनिक

काठमाडौं । साहस उर्जाको आइपीओ असोज १७ गते (आइतबार) बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको कार्यालयमा बिहान ९ बजे बाँडफाँड हुने भएको छ । कम्पनीले आज (शुक्रबार) प्रि–अलटमेन्ट सकिएको छ ।

कम्पनीले असोज ६ देखि १० गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ७० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।

जसमा २ लाख १० हजार कित्ता सेयर कर्मचारी र ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

आइपीओमा २४ लाख ६२ हजार बढी कित्ताको लागि आवेदन परेको थियो । आइपीओको बाँडफाँड गोलाप्रथाबाट हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय