यस्तो रहने छ आजको मौसम

काठमाडौं । भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाअनुसार अहिले गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । विभागले आज शुक्रवार बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी,

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरू प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

राती देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय