लगानीकर्ता आत्तिदा विहिबार फेरी नेप्सेमा पहिरो

काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेप्से ३२ अंकले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २६३३ विन्दुमा झरेको छ ।

आज २२५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३३ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १४७ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ६ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

नेप्से घटेसँगै कारोबार रकममा पनि आज ठुलो गिरावट आएको छ । आज ३ अर्व ७० करोड रुपैयाँको मात्र कारोबार भएको छ ।

दिनै भरि विक्री चाप खेपेको बजारमा ३ कम्पनीहरुको शेयर मूल्यमा भने सर्किट लागेर कारोबार भएको छ । आज नेप्सेका सबै उपसूचकहरु रातो भए भने वीमा समूहको सूचक भने सबै भन्दा धेरै घटेको छ ।

आज नेपाल बैकको शेयर आज सबै भन्दा धेरे खरिद विक्री भएको छ । साथै गुडवील फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरे घटेको छ ।- आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय